‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’
झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।
विस्तृतमा
काभ्रेको नमोबुद्धमा जन्ती बोकेको जित दुर्घटना, बेहुलाबेहुली सहित २१ जना घाइते

बनेपा । रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा १९ च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जब कैदीले प्रहरी जवान सिंहको आँखामा खुर्सानी हालेर भागे...

हुम्ला । सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ । प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।
भक्तपुरबाट मोबाइल चोरका गिरोह पक्राउ

भक्तपुर । चोरीको मोबाइल किनेर बिक्री गर्दै आएका एक मोबाइल पसल सञ्चालकसहित मोबाइल चोरीमा संलग्न गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । प्रहरीले चोरिएका मोबाइल खरीद गरी बिक्री गर्दै आएको अभियोगमा भक्तपुर नगरपालिका– ८ जगातीमा सञ्चालित मोबाइल पसलका सञ्चालक मोरङ रतमाई नपा–५ का ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
बहादुरपुर जाँदै गरेको जिप ओडारेमा दुर्घटना, तीन जनाको मृत्यु

बेझाड, पाल्पा । जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा बिहीबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घट्नास्थलमा रहनुभएका पुर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए ।
सरकारद्वारा साना किसानको ऋण मिनाहा

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार निर्णय सार्वजनिक गर्दै साना किसानको ऋणी सरकारले तिरिदिने बताएका हुन् ।
गाउँगाउँमा सिंहदरबार आएको महशुस गराउन वडाको सेवा घरघरमै

रुकुम, पश्चिम । जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ । एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पुर्याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो । जसबाट वडावासीले वडाका साथै स्वास्थ्य तथा पशु सेवा शाखाबाट पाइने सेवासमेत पाएका छन् ।
कांग्रेस नेता पौडेलको पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ विमोचन

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ को बिहिबार विमोचन भएको छ । राजधानीमा भएको एक कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको विमोचन गरेका हुन् । पौडेलले कांग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा पुस्तकमा कांग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धबारे स्पष्ट पार्ने प्रयास गरेका छन् ।
छेस्काम प्रहरी चौकीले तीन जोडीको बालविवाह रोकियो

सोलुखुम्बु । यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोकेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
बानेश्वरबाट खैरो हेराेइनसहित एक जना पक्राउ

काठमाडौं । खैरो हेरोइनसहित एक जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बानेश्वरबाट पक्राउ गरेको छ । टोलीले कैलालीको लम्की चुहा नगरपालिका– ११ का सुरेन्द्र शाहलाई खैरो हेरोइनसहित बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गर्दै मुद्दा अघि बढाएको छ ।
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सिफारिस

काठमाडौँ । प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस भएको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकले न्याय परिषद्ले जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको भए पनि संवैधानिक परिषद्को बैठकले चोलेन्द्रलाई रोजेको हो ।
नेपाल ट्रेण्डिङ्ग
- प्रधानमन्त्रीसहित उनी खेमाका नेताद्वारा वामदेव गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी
- भैँसी चराउने क्रममा गैँडाको आक्रमण, एक जना घाइते
- शुक्रबार ६ हजार १४३ स्वाबको परीक्षण
- नेपालमा थप १२० जनामा कोरोना पुष्टि
- योगेश भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई ५ लाख सहयोग
- नागढुङ्गा नाकाबाट २२ तोला सुनसहित भारतीय नागरिक पक्राउ
- डोटीको जोरायलका जङ्गलमा आगलागी
- मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।