नेपालमा बुधबारबाट खोप अभियान सुरु हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । नेपालमा बुधबारबाट कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ । गत बिहीबार भारतको अनुदानमा कोभिशिल्ड नामक खोपका १० लाख डोज नेपाल आइपुगेको छ । सोही खोप अभियान बुधबारबाट सुरु हुन लागेको हो । विस्तृतमा


चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

लहान । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् ।

मोरङमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

मोरङमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

मोरङ । मोरङमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका– १० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।

लागुऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ

लागुऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ

विराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राति नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका– ८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तिन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार सहित स्थानीय २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई मंगलवार राति साँढे ८ बजे पक्राउ गरेको हो ।

सैनिक सेवा : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

सैनिक सेवा : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

काठमाडौं । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ ।

कृषि बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कृषि बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

फेसबुकमा युवकसँग नजिक भइन्, युवकले भारततर्फ बेच्न लगेपछि...

फेसबुकमा युवकसँग नजिक भइन्, युवकले भारततर्फ बेच्न लगेपछि...

टीकापुर । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन् । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे ।

विवाहको डोली बोकेर जाँदै

विवाहको डोली बोकेर जाँदै

कञ्चनपुर । विवाहमा शुक्लाफाँटा नगरपालिका वडा नं ४ असैनाका राना थारु समुदायका व्यक्तिहरु डोली बोकेर जाँदै । राना थारु समुदायले विवाहमा बेहुलाबेहुली बोक्न प्रयोग गर्ने डोलीको चलन हट्दै जान थालेको छ ।

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ ।

बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु, दुई घाइते

बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु, दुई घाइते

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।