सरकारले यी देशहरुलाई पठायो कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । विस्तृतमा


नेपालमा कोरोनाका कारण एकै दिन १६ जनाको मृत्यु

नेपालमा कोरोनाका कारण एकै दिन १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण एकै दिन १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ।

नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण

नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।

चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत

चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत

काठमाडौँ । चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।

मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ

मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ

पर्सा । प्रहरीले मुकेश चौरसियाको हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउमा गत कार्तिक ६ गते भएको झडपमा चौरसियाको हत्या भएको थियो । गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपाकै दुई पक्षवीच भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए ।

भारतीय विदेश सचिव आउँदै

भारतीय विदेश सचिव आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन् ।

गैँडा मरेकामा समितिको ध्यानाकर्षण

गैँडा मरेकामा समितिको ध्यानाकर्षण

चितवन । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा चार गैँडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो । तर यस वर्ष भने अन्य उल्लेख्य सङ्ख्यामा एकसिङ्गे गैँडा मृत फेलापरेपछि समितिले मङ्सिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तक्र्रिया गर्ने भएको छ ।

संसद सञ्चालनका लागि सचिवालय तयार

संसद सञ्चालनका लागि सचिवालय तयार

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनका लागि सचिवालय तयार रहेको बताएका छन् । संसद सचिवालयमा सांसद मोहन पाण्डेको सपथपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै सभामुख सापकोटाले आफूहरु तयार रहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङको घुन्सास्थित स्वास्थ्य चौकी भवनको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङको घुन्सास्थित स्वास्थ्य चौकी भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सास्थित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन्। सोमबार बिहान काठमाडौँबाट ताप्लेजुङ उँडेका ओलीले दिउँसो स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन्।

दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत

दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत

दाङ । जिल्लाका १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो ।

पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

पिक अप जीप दुर्घटना हुँदा दुई जनाको  मृत्यु

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।