स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. संजय ठाकुरलाई दिइएको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए। उनी यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत थिए। ठाकुर अब मन्त्रालयको प्रवक्ता रहनेछन्। विस्तृतमा


राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

काठमाडौँ। राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ परेकी छिन्। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी उनलाई प्रहरीले पक्राउ गरेको हो। आन्दोलनरत २० वर्षकी निहारिकाले आत्मदाहको लागि शरीरमा पेट्रोल खन्याएकी थिइन्। तर, प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्राउ गरेको हो।

मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए।

राजधानीमा गाईजात्राको रौनक

राजधानीमा गाईजात्राको रौनक

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । विगत दुई वर्षकोभन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ । विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । विसं २०७७ र २०७८ मा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो ।

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।

तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

पर्सा। पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा– २३ ईटियाहीका दिनेशप्रसाद यादव छन्। उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए।

बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

बाल मन्दिरको  जग्गामा ‘सपिङ कम्प्लेक्स’

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व दाबी गरेपछि यस्तो खुलासा भएको हो ।

निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा १० वर्षपछि पुनः दोषी ठहर

निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा १० वर्षपछि पुनः दोषी ठहर

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो।

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिति गठन

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिति गठन

काठमाडौँ। रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन भएको छ। पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्य रहने गरि रिपोटर्स क्लव अमेरिकाको पहिलो कार्यसमिती गठन भएको हो। गठित कार्यसमितीमा रेग्मी सहित पत्रकार ओम आचार्य, प्रशन्न ढुंगाना, रोषन अधिकारी, सरु शर्मा, शंकर थापा, महालक्ष्मी सिलवाल, टेक लामा र उत्तम धमला रहेका छन्।

आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

भादगाउँ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।