साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृतमा


जीतेन्द्र रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक

जीतेन्द्र रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक

काठमाडौँ । पत्रकार तथा साहित्यकार जीतेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक ‘पब्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । ब्रदर बुक्सद्वारा आज आयोजित कार्यक्रमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्री अधिकारीले पुस्तक सार्वजनिक गरे । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको हो ।

प्रेरक प्रसंगः पटक–पटक असफल भए पनि हिम्मत हार्नु हुँदैन

प्रेरक प्रसंगः पटक–पटक असफल भए पनि हिम्मत हार्नु हुँदैन

काठमाडौं । एक प्रचलित लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् । एक दिन ती व्यक्ति हिम्मत हार्दै निराश हुन पुगे । केहि दिन बित्दै गर्दा उनको भेट एक सन्तसँग भयो । ती व्यक्तिले सन्तलाई आफ्नो सबै समस्याहरु बताए ।

घाँसीको उपदेशबाट प्रेरित आदिकवि भानुभक्त

घाँसीको उपदेशबाट प्रेरित आदिकवि भानुभक्त

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

‘नेपाल दर्पण’ लेखन प्रारम्भ

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सङ्घीय गणतन्त्रअनुकूल मुलुकलाई चिनाउने वृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ गरेको छ । स्थापनाको ६३औँ वर्ष प्रवेशका अवसरमा आज विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हरेक प्रदेशका सम्पूर्ण पक्ष समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गरिने जानकारी दिएका हुन् ।

राष्ट्रिय कविता महोत्सव स्थगित

राष्ट्रिय कविता महोत्सव स्थगित

काठमाडौँ । कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो ।

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम

चौतारा । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार दुःखी प्रकाशन आयोजक र शब्द सारथी सहआयोजक रहेको सम्मेलनमा वाग्मती प्रदेशका नौ जिल्लाका कविबाट २६ कविता प्राप्त भएका थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३० हजार, रु २० हजार र रु १० हजार र प्रमाणपत्र दिइयो ।

ललितकला पुरस्कार घोषणा

ललितकला पुरस्कार घोषणा

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ । नाफाले बुधबार विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?

सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर !

म त भाग्यमानी

म त भाग्यमानी

छानेर नि हैन, हैन जानी–जानी तर जन्मे नेपालमै म त भाग्यमानी आहा ! कति भाग्यमानी ? सबैभन्दा ठूलो देश मेरा देशवासी

नयाँ वर्ष

नयाँ वर्ष

बिस्तारै हिंड बिस्तारै हिंड नयाँ वर्ष तिम्रो गति संगै मेरो बुढेउली झन् छिटो बढ्छ

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।