युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


बाढीका कारण भियतनाममा १३ जनाको मृत्यु

बाढीका कारण भियतनाममा १३ जनाको मृत्यु

हनोइ । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको छ ।

फ्रान्सको क्रिसमस बजारमा गोली चलाउने को ?

फ्रान्सको क्रिसमस बजारमा गोली चलाउने को ?

पेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

सात वर्षीया बालिका, जसले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी !

सात वर्षीया बालिका, जसले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी !

नयाँदिल्ली । भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाविरुद्ध उजुरी गरेकी छन् । बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै उनले उजुरी गरेकी हुन् ।

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

जकार्ता । इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए ।

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्न सक्ने

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्न सक्ने

एजेन्सी । मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्।

भारतमा भएको विधान सभाको चुनावमा कुन पार्टीले कति सिट जिते ?

भारतमा भएको विधान सभाको चुनावमा कुन पार्टीले कति सिट जिते ?

एजेन्सी । भारतमा सम्पन्न पाँचवटा राज्यको विधानसभा चुनावको मतगणना सकिएको छ । मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगाना, मिजोरममा सम्पन्न उक्त चुनावलाई आगामी २०१९ मा हुने लोकसभा चुनावको सेमिफाइनलको रुपमा हेरिएको छ ।

विद्रोहीले काश्मिरको चौकीमा आक्रमण गर्दा ४ प्रहरीको मारिए

विद्रोहीले काश्मिरको चौकीमा आक्रमण गर्दा ४ प्रहरीको मारिए

श्रीनगर, भारत । शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू उनीहरूको प्रभाव क्षेत्र काश्मिरको दक्षिणी भागमा मारिएका थिए ।

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

न्यूयोर्क, अमेरिका । टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ ।

मोदीको भाजपालाई भारतका पाँच राज्यमा नराम्रो धक्का

मोदीको भाजपालाई भारतका पाँच राज्यमा नराम्रो धक्का

काठमाडौं । आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का बेहोरेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निरासाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ।

ब्रेक्जिटः बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रेक्जिटः बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रसेल्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लागेकी छिन् । उनले ब्रेक्जिट योजनामा युरोपेली नेताहरुको समर्थन खोज्नेछिन् ।

पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।