एनआरएनए निर्वाचन नोभेम्वर ३० भित्र हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। विस्तृतमा


भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

एजेन्सी । डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छन् ।

कोभिशिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

कोभिशिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

काठमाडौँ । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो ।

पाकिस्तानमा भूकम्प: एकसय जना भन्दाबढी घाइते

पाकिस्तानमा भूकम्प: एकसय जना भन्दाबढी घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् ।

बन्दुकधारीद्वारा १० जना गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

बन्दुकधारीद्वारा १० जना गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

एजेन्सी । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १६ जना सैनिकको मृत्यु

मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १६ जना सैनिकको मृत्यु

एजेन्सी । मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

एजेन्सी । विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो ।

यी हुन् विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्ति !

यी हुन् विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्ति !

एजेन्सी । टर्कीका एक व्यक्तिले आफ्नो सबैभन्दा लामाे नाकका कारण वल्र्ड रेकर्ड बनाउन सफल भएका छन् । विश्वकै सबैभन्दा लामाे नाक भएको व्यक्तिको रुपमा नाम दर्ता गराएका हुन् । ७१ वर्षिय यी व्यक्ति अझै पनि आफ्नो नाक लामाे बनाउने प्रयासमा रहेका छन् ।

लखिमपुर खिरी काण्डः गृहराज्यमन्त्रीका छोरा आशिष देश छोडेर भागेको आरोप

लखिमपुर खिरी काण्डः गृहराज्यमन्त्रीका छोरा आशिष देश छोडेर भागेको आरोप

एजैन्सी । भारतको लखिमपुर खीरी काण्डका मुख्य आरोपी आशिष मिश्राले आज क्राइम ब्रान्चमा पेश हुनु पर्ने थियो । तर, उनी भएनन् । उनी क्राइम ब्रान्चमा उपस्थित नभएपछि गायब भएको हल्ला चलेको छ ।

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

जकार्ता । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ। बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।

नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदै

नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदै

स्टकहोम । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।