स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छः करिश्मा मानन्धर
काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन्।
विस्तृतमा
राजेश पायलको स्वर, अम्बरको संगीतमा 'खुशीका मुहान' सार्वजनिक ( भिडियो )

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको खुशीका मुहान बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द राज मुकारुङको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ।
फिल्म निर्माता भुषण कुमारले दिए कात्र्तिक आर्यनलाई लक्जरी कार उपहार

एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म भुल भुलैया २ गत महिना रिलिज भएको थियो । हालसम्म पनि बक्स अफिसमा यसले फिल्मले धमाकेदार कमाई गरिरहेको छ ।
वरुण धावनले अस्वीर गरेका थिए यी सात फिल्मको अफर

एजेन्सी । वरुण धवन आफ्नो नयाँ फिल्म जुग जुग जियोका कारण चर्चामा रहेका छन् । राज मेहताको निर्देशनमा बनेको यस फिल्मको कथा एक जोडीको वरिपरि घुमेको छ जो सम्बन्धविच्छेद गर्न चाहन्छन् तर उनीहरुलाई आफ्नो बाटोमा बारम्बार कुनै न कुनै बाधा आइपर्छ ।
फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेता सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक भएको छ ।
‘माईकल अधिकारी’को पोस्टर सार्वजनिक

काठमाडौँ। गोपिकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्म ‘माईकल अधिकारी’को ‘फर्ष्टलुक्स’ सहित प्रदर्शन मिति सार्वजनिक भएको छ। निरक पौडेलले निर्माण गरेको फिल्मलाई रन्जित रौनियारले निर्देशन गरेका हुन्। सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म भाद्र ३ गते प्रदर्शन हुनेछ।
यौन दुव्र्यवहारको आरोप लागेका गणेश आचार्यलाई मुम्बईको मजिस्ट्रेट अदालतबाट जमानत

एजेन्सी । बलिउड कोरियोग्राफर गणेश आचार्यलाई यौन उत्पीडनको मुद्दामा मुम्बईको मजिस्ट्रेट अदालतले जमानत दिएको छ ।
‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक

काठमाडौँ। ११ वर्ष अघि मेल भर्सनमा सार्वजनिक भएर दर्शक स्रोता माझ लोकप्रिय भैसकेको ‘मेरो बोली सुन्दा’ बोलको म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक भएको छ। युवा पुस्तामा सम्भावना बोकेकी गायिका सुजाता केसीको सुमधुर स्वर यस गीतमा सुन्न सकिन्छ। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
मृत्युको २५ दिनपछि मूसेवालाको गीत रिलिज, आधा घण्टामा १० लाखले हेरे

एजेन्सी । पञ्जाबी गायक सिद्धु मूसेवालाको मृत्यु भएको २५ दिनपछि गायकको गीत सार्वजनिक भएको छ ।
रिया चक्रवर्ती र भाइ शौविक लगायतविरुद्ध मुद्दा दायर

यस विषयमा कुरा गर्दै विशेष सरकारी वकिल अतुल सरपाण्डेले अभियोगपत्रमा सबै अभियुक्तविरुद्ध मुद्दा दायर भइसकेको बताए । रिया चक्रवर्ती र उनका भाइ शौभिकले लागूऔषध सेवन गरेका थिए । उनले सुशान्त सिंह राजपुतका लागि ड्रग्स किनेका थिए ।
'म ठूलो पर्दाको नायक हुँ, ओटीटीमा आउदिन'

एजेन्सी । बलिउड इन्डस्ट्रीमा आफ्नो दमदार एक्सन प्रदर्शनका कारण परिचित जोन अब्राहम आफू ठूलो पर्दाको नायक भएको बताएका छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु
- ‘बुढी पीडित’ गीतको भिडियो सार्वजनिक
- शाहरुख खानको ‘जवान’ मा विजय सेतुपतिको इन्ट्री
- फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन गीत सार्वजनिक
- बालेनले गरे ‘नेपहपको श्रीपेच’को मुकुट फिर्ता
- पुष्प २ः अल्लु अर्जुनलाई टक्कर दिनेछन् यी भिलेनले
- र्यापर लाहुरेको ‘बिरामी’ र्याप गीत सार्वजनिक
- 'लीड एक्टर'लाई टक्कर दिने साइड रोलहरु
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।