


अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
विस्तृतमा
अष्ट्रेलियामा कोरोनाका एकैदिन ३५ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ३५ जनाको ज्यान गएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ८२४ जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियाबासीको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा

सिड्नी। उपराष्ट्रपती नन्दबहादुर पुनले अष्ट्रेलियाबासी नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंशा गरेका छन्। नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वको हुने गरेको बताए।
अष्ट्रेलिया-चीन द्वन्द्वः चीनसँग युद्धको खतरा बढेको स्वीकार, अमेरिकाद्वारा २२०० सेना अष्ट्रेलिया पठाउने तयारी

एजेन्सी । रुस र युक्रेन युद्धको बीचमा अहिले चीन र अष्ट्रेलियामा युद्धको बादल मडारिरहेको छ । अस्ट्रेलियाले चीनसँगको तनाव बढ्दै गएको र युद्धमा परिणत हुन सक्ने स्वीकार गरेको छ ।
अष्ट्रेलियामा कोरोनाका कारण थप २२ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ । पछिल्लो एकदिनमा २५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’

काठमाडौँ। फिल्म ‘चिसो एस्ट्रे’ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्। कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलिया डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए।
चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अष्ट्रेलियामा सम्पन्न

काठमाडौँ। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अष्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अष्ट्रेलियामा सम्पन्न भएको हो। अस्ट्रेलियामा नै बसोबास गर्दै आएका गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए।
रुसको दाबीः सैन्य कारबाहीमा २८७० जना युक्रेनी सैनिकको मृत्यु

एजेन्सी । रुसको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनमा आफ्ना ४९८ सैनिक मारिएका र १ हजार ५ सय ९७ जना घाइते भएको बताएको छ ।
अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन् । उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ पुष्टि भएको जानकारी उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।
अस्ट्रेलियाका दिग्गज क्रिकेटर रड मार्स हृदयघातपछि कोमामा

सिड्नी । अस्ट्रेलियाका दिग्गज क्रिकेटर रड मार्स हृदयघातका कारण कोमामा गएका छन् र आफ्नो जीवनको लागि लडिरहेका छन् ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।