


अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
विस्तृतमा
अष्ट्रेलियाका उपप्रधानमन्त्रीद्वारा नेपाल जादुमयी देश भएको भन्दै प्रशंसा

सिड्नी। अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल जादुमयी देश भएको भन्दै प्रशंसा गरेका छन्। माल्र्सले नेपाल बुद्धको भूमी, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश भएका कारण जादुमयी भएको बताए। नेपालको राजधानी काठमाडौँ आँफै पनि बहुपक्षीय सम्पदाले धनि भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको प्रसंशा नगरी रहन नसक्ने बताएका छन्।
अष्ट्रेलियामा कोरोनाका कारण थप ४९ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ४९ जनाको मृत्यु भएको छ । पछिल्लो एकदिनमा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ८३१३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६५ हजारभन्दा बढी रहेको छ । जसमध्ये १०७ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाइ

सिड्नी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई अझ बजबुत बनाउने विषयमा पनि छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।
अस्ट्रेलियाका ‘कन्जरभेटिभ’ दलबाट प्रधानमन्त्री बनेका मोरिसनद्वारा हार स्वीकार

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।
अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभरी मतदान हुँदै

सिड्नी । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ ।
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अष्ट्रेलियामा हालसम्म ७९२६ जनाको ज्यान गएको छ । पछिल्लो एकदिनमा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजारभन्दा बढी रहेको छ ।
अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढायो

सिड्नी। अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको छ। आम चुनाव नजिकिँदै गर्दा अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको हो। केन्द्रीय बैंकले मंगलबार नगद दर २५ आधार बिन्दुले ०.३५ प्रतिशत मा बढाइने भएको हो। करीब १ दशकको समयमा पहिलो पटक ब्याजदर वृद्धि भएको हो।
अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट – “मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउछु”

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधीको मूल्य घटाउने अठोट व्यक्त गरेका छन् । उनले सन् २०२३ देखि औषधीको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने दावी गरेका छन् ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) र भिक्टोरियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एनएसडब्लु र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो। योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ।
अष्ट्रेलियाका यी दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

सिड्नी । अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।