


अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने
सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्।
उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्।
विस्तृतमा
'सामुद्रिक बासस्थान तीव्र रुपमा खुम्चियो '

सिड्नी । सिपिङ, प्रदूषण र अधिक माछा मार्ने कार्यले विश्वको समुद्रको “प्राकृतिक” बासस्थान तीव्र रुपमा खुम्चिएर १३ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, आधा शताब्दी अर्थात् ५० वर्षभित्रै यस्तो सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुनेछ ।
विश्व हेलिकप्टर प्रतियोगिता शुरु

मिन्स्क, बेलारुस। बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ ।
यी हुन् विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरु, अष्ट्रेलिया र युके कति औ स्थानमा

काठमाडौँ । लेगाटम अध्ययन संस्थाले विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरुको सुची सार्वजनिक गरेकोछ ।
अष्ट्रेलियामा गाडी चलाउन सिक्दाको साहसिक क्षण

लगातार तीन महिना काम गरिसकेपछि अन्ततः मैले मास्कटमा गर्दै आएको बिल्डिङ क्लिनिकको काम छोड्ने निर्णय गरेँ ।
सिड्नीमा बीपी स्मृति दिवस; गणतन्त्रमा पनि बीपीका विचारहरु सान्दर्भिक

सिड्नी । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा अस्ट्रेलियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जन सम्पर्क समिति अस्ट्रेलियाले यही २२ जुलाई आइतवार सिड्नीको एस्वोरीमा आयोजना गरेको कार्यक्रमहरुमा सहभागिहरुले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।
अष्ट्रेलियामा आफ्नै महिलामित्रलाई बलात्कार गर्ने नेपाली युवालाई जेल सजाय

अष्ट्रेलिया । अष्ट्रेलियामा एक २९ वर्षिय युवालाई बलात्कार गरेको आरोपमा ६ वर्ष ६ महिनाको जेल सजाय भएको छ । आफ्नै महिला साथीलाई नाइट
मेलवर्नमा नेपाल-अष्ट्रेलिया बिजनेश फोरम २०१८ सम्पन्न

मेलवर्न । बहुमत र स्थिर सरकार भएकाले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित बन्दै गएको मेलवर्नमा आयोजित एक कार्यक्रममा विज्ञहरूले बताएका छन् ।
अस्ट्रेलिया आइपुग्यो ‘द ब्रेकअप’ टिम

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा नेपाली चलचित्रको सुटिङ हुनेक्रम निकै बढेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै २ वटा नेपाली चलचित्रको अधिकांश भाग अस्ट्रेलियामै छायांकन भयो ।
मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो ।
दक्षिण अस्ट्रेलियाबाट ओसियाना स्पोर्टस् मिटमा सहभागी भएकालाई सम्मान

एडिलेड । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एडिलेडले ओसियाना स्पोर्टस् मिटमा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । एनआरएनए एडिलेडले केही समयअघि पासाडेना टेनिस क्लब, पासाडेनामा खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्पोर्टस् मिटमा सहभागी खेलाडी र गैर आवसीय नेपाली संघका सदस्यहरुको मात्र उपस्थिती थियो ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।