Star Tour Esewa Woolwich College

अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्। उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्। विस्तृतमा


राज गोस्वामीको "कोसिस २" सिड्नीमा सार्वजनिक

राज गोस्वामीको "कोसिस २" सिड्नीमा सार्वजनिक

सिड्नी । विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका राज कुमार गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ सार्वजनिक भएको छ । २७ अक्टोवर शुक्रबार अष्ट्रेलियाको सिड्नी रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित कार्यक्रममा गोस्वामीको दोस्रो एल्बम सार्वजनिक भएको हो ।

पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्षमा राजु अधिकारी चयन

पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्षमा  राजु अधिकारी चयन

काठमाडौँ । पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जानकारी दिएको हो ।

राष्ट्रिय खेलको प्रवर्दन गर्न सिड्नीमा भलिबल प्रतियोगिता हुने

राष्ट्रिय खेलको प्रवर्दन गर्न सिड्नीमा भलिबल प्रतियोगिता हुने

सिड्नी । "नेपालीहरु बिच ऐक्यबद्धता, खेलकुदको आवश्यकता तथा ’’राष्ट्रिय खेलको सम्वर्दन, परदेशमा प्रवर्दन" भन्ने मुल सन्देशका साथ सिड्नीमा नेपाली खेलाडिहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी

पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी

सिड्नी । पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् । नेपाको सुन्दर नगरी पोखराबाट आएर अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्ने नेपालीहरुलाई संगठित गर्दै गठन भएको यो संस्थाको उपाध्यक्षद्धय तारा गुरुङ र राजेश के सी, महासचिवमा दिपक पहारी, सचिवमा अर्जुन गुरुङ, कोषाध्याक्ष्यमा ईश्वर पहारी, सदस्यहरुमा बिजेन बाटाजु, बुद्ध गुरुङ, समित के सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल के सी, संतोष अधिकारी, प्रकास लामीछाने, अजय थापा, बिष्णु पौडेल तथा सुमन के सि रहेका छन ।

नितेशराज पन्त योगन बहुसांस्कृतिक पुरस्कारबाट सम्मानित

नितेशराज पन्त योगन बहुसांस्कृतिक पुरस्कारबाट सम्मानित

डार्विन । झण्डै एक दशक लामो समयदेखी नर्दन टेरीटोरी डार्विनको बहुसास्कृतिक समुदायमा योगदान गरेबात नेपाली युवा नितेश राज पन्त सम्मानित भएका छन् । २२ अक्टोवर मंगलवार नर्दन टेरीटोरी पार्लियामेन्ट हाउसमा आयोजित विशेष समारोहमा राज्य सरकारको बहुसास्कृतिक मामिला मन्त्री डेल वेकफिलडले पन्तलाई योगन साथिनाथन बहुसास्कृतिक पुरस्कार प्रदान गरेकी थिइन ।

सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न

सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न भएको छ । शनिवार अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा भब्य काईट फेष्टिभल सम्पन्न भएको हो ।

नेपाली युवा एन एस डब्लु प्रिमियर अवार्डबाट सम्मानित

नेपाली युवा एन एस डब्लु प्रिमियर अवार्डबाट सम्मानित

सिड्नी । दक्षिण पश्चिम सिड्नी क्याम्बलटाउन क्षेत्रको सामुदायिक सेवामा सक्रिय जसमान सेठी न्यु साउथ वेल्स प्रिमियर अवार्डबाट सम्मानित भएका छन् । गएको हप्ता क्याम्बलटाउन क्षेत्रका संसद ग्रेग वारेनले सेठीलाई प्रिमियर अवार्ड फर कम्युनिटी सर्भिसेज प्रदान गरेका हुन् ।

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।

सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नी । सिड्नीको दिक्षणमा रहेको जर्जेज रिभर काउस्सिलले नेपाली समुदायको लागि स्वागत तथा जानकारी सत्र कार्यक्रम सम्पन्न गरेको छ । २६ सेप्टेम्वर बुधवार काउन्सिलको सिभिक थिएटरमा भेला भएका स्थानिय नेपाली समुदायलाई काउन्सिलका पदाधिकारीहरुले स्वागत गर्दै उपलब्ध सेवा र सुविधाहरुको बारेमा जनकारी दिएका थिए ।

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली मुलका मुटु सर्जन डा कुमुद धिताल यहाँको प्रतिष्ठित अवार्डका लागि मनोनित भएका छन् । मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर विश्वमा ख्याती कमाएका डाक्टर धिताल अष्ट्रेलियाको प्रतिष्ठित "प्राइड अफ अस्ट्रेलिया मेडल" अवार्डका लागि मनोनित भएका हुन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।