अष्ट्रेलियाको सिड्नी शहरमा १०६ दिनपछि लकडाउन अन्त्य

सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नी । सिड्नीको दिक्षणमा रहेको जर्जेज रिभर काउस्सिलले नेपाली समुदायको लागि स्वागत तथा जानकारी सत्र कार्यक्रम सम्पन्न गरेको छ । २६ सेप्टेम्वर बुधवार काउन्सिलको सिभिक थिएटरमा भेला भएका स्थानिय नेपाली समुदायलाई काउन्सिलका पदाधिकारीहरुले स्वागत गर्दै उपलब्ध सेवा र सुविधाहरुको बारेमा जनकारी दिएका थिए ।

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली मुलका मुटु सर्जन डा कुमुद धिताल यहाँको प्रतिष्ठित अवार्डका लागि मनोनित भएका छन् । मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर विश्वमा ख्याती कमाएका डाक्टर धिताल अष्ट्रेलियाको प्रतिष्ठित "प्राइड अफ अस्ट्रेलिया मेडल" अवार्डका लागि मनोनित भएका हुन् ।

प्रताप दास, प्रिती आले र हेर्कुलेसको साथमा सिड्नीमा दशै रमझम साँझ

प्रताप दास, प्रिती आले र हेर्कुलेसको साथमा सिड्नीमा दशै रमझम साँझ

सिड्नी । नेपालीहरुको महान चाड दसैँ रमाइलोसँग मनाउन सिड्नीमा दशै रमझम सँझ २०१८ हुने भएको छ । असनेप इभेन्टको आयोजनामा यही ५ अक्टोवर साँझ सार्क होटल लिभरपुल स्ट्रिट सिड्नीमा यो कार्यक्रम हुन लागेको हो ।

राजदूत शेर्पाको औपचारिक न्यू साउथ वेल्स भ्रमण; नेपाली समुदाय र राज्य सरकारबीच सम्बन्ध बढाउने अवसर

राजदूत शेर्पाको औपचारिक न्यू साउथ वेल्स भ्रमण; नेपाली समुदाय र  राज्य सरकारबीच सम्बन्ध बढाउने अवसर

सिड्नी । अस्ट्रेलियाको लागि नेपाली राजदुत नियुक्त भएको करिव एक वर्ष पछि राजदूत लक्की शेर्पाले न्यू साउथ वेल्स राज्यको औपचारिक भ्रमण गरेकी छिन् । सेप्टेम्वर २५ मंगलबार र २६ बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा राजदुत शेर्पाले राज्यका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गरेकी थिइन । “आफ्नो औपचारीक न्यु साउथ राज्य भ्रमण निकै सफल भयो ।” राजदूत शेर्पाले भनिन, “भर्खरै संघियतामा गएको नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच भगिनी (सिस्टर स्टेट) सम्बन्ध स्थापित गर्न राज्यका पदाधिकारीहरु सकारात्मक छन् ।”

हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

सिड्नी । संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन् । प्रशान्त क्षेत्रमा बढ्दो चिनीया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनको भनाइ छ ।

सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने; साथमा दिपक बज्राचार्यको कन्सर्ट

सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने; साथमा दिपक बज्राचार्यको कन्सर्ट

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने भएको छ । आगामी अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा काईट फेष्टिभल हुन लागेको हो ।

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो ।

संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए ।

सिड्नीमा गौरा पर्व मनाइयो (फोटो फिचर)

सिड्नीमा गौरा पर्व मनाइयो (फोटो फिचर)

सिड्नी । सुदुर पश्चिम समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा गौरा पर्व मनाइएको छ । १५ सेप्टेम्वर शनिवार सिड्नीको दक्षिण रकडेलमा रहेको इन्द्रेणी फङसन सेन्टरमा समुहिक रुपमा भेला भएर गौरा पर्व मनाईएको हो ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।