गृहपृष्ठ ∕ Australia ∕ इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतइनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत नेपालीपत्र शुक्रबार, २०८१ मंसीर ७ गते, १७:५० मा प्रकाशित Australia | english | UK | अन्तर्राष्ट्रिय | नेपाल | विचित्र विश्व | स्वास्थ्य काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको बर्लिनमा गत महिना देउसीभैलो खेलेर जुटाएको दुई लाख ६० हजार रकम काभ्रेको रोशी र बेथानचोक गाउँपालिकाका बाढीपीडित चार परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।बर्लिनस्थित नेपाली दूताबास, छ वटा नेपाली रेष्टुरेराँ र दुई नेपाली परिवारको घरमा देउसीभैलो खेलेर तथा अन्य केही व्यक्तिको सहयोगमा सो रकम सङ्कलन गरिएको इनासले जनाएको छ ।रोशी गाउँपालिका–३ का नौ वर्षीय छोरा र चार वर्षीया छोरीसहित खेतबारी गुमाएका रुपबहादुर तुम्सिङ र ६७ वर्षीया आमासहित खेतबारी गुमाएका सोमान लामालाई वडाध्यक्ष धनजित लामाले आज शुक्रबार यहाँ एक कार्यक्रमकाबीच राहत सहयोग प्रदान गरेको हो ।यसैगरी जिल्लाकै बेथानचोक गाउँपालिका–३ स्थित ३९ वर्षीया श्रीमती र ११ वर्षीय छोरासहित घरजग्गा गुमाएका भीमबहादुर शङ्कर र बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएका फडीन्द्र तिमल्सिनालाई राहत सहयोग प्रदान गरिएको वडा सदस्य नारायण तिमिल्सिनाले जानकारी दिए । #अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज #इनासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा धरानको घण्टाघर घुम्न जाने पर्यटक बढदैकाठमाडौं । धरान उपमहानगरपालिका २ स्थित धरानको भानु चोक अवस्थित घन्टाघर घुम्न जाने पर्यटक बढेका छन । हङकङ मन्च नगर कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायोकञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्ला जाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्नेकाठमाडौं । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्नधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ४ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ५ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ६ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ७ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्नेThe Film Nepal