Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड


काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्धि हासिल गरेको छ । यो प्रतिष्ठित सम्मान एजेन्स एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटिएस) ले प्रदान गरेको हो ।

यो पुरस्कारले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले एउटा प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ ।

यो पुरस्कार यूनिभर्सिटीका डेपुटी भाइस–चान्सलर तथा भाइस–प्रेसिडेन्ट (इन्टरनेशनल) इयान वाट तथा प्रो भाइस–चान्सलर (ग्लोबल पार्टनरसिप्स) लियो मियान लिउद्वारा ई–प्लानेटलाई प्रदान गरिएको हो । यो सम्मानलाई ई–प्लानेटले आफ्नो समर्पण, विद्यार्थीहरुको विश्वास तथा उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्ने मिशनको प्रतिकको रुपमा लिएको जनाएको छ ।

‘यूटिएसबाट यो प्रतिष्ठित सम्मान प्राप्त गर्नु हाम्रो लागि गर्व र गौरवको कुरा हो । यसले हाम्रो टोलीको निरन्तर प्रयास, विद्यार्थीहरु तथा साझेदारहरुको विश्वास तथा दक्षिण एशियाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई प्रतिविम्बित गर्छ,’ ई–प्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताएका छन् ।

ई–प्लानेटले यो वर्ष आफ्नो २०औं वार्षिकोत्सव मनाइरहेको अवस्थामा यो पुरस्कारले संस्थाको यात्रामा अर्को एउटा महत्वपूर्ण उपलब्धि बनेको उल्लेख गर्दै यसले क्षेत्रीयस्तरमा शिक्षामूलक परामर्श सेवामा अग्रणी स्थानलाई अझ मजबुत बनाएको जनाएको छ ।

सन् २००५ मा स्थापना भएको एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ । प्रमुख विश्वव्यापी संस्थाहरूसँगको साझेदारी र विद्यार्थीहरूको सफलताप्रति प्रतिबद्धताका साथ इ–प्लानेटले हजारौं विद्यार्थीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा सफलतापूर्वक पठाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउ

एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटक जस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको

Techie IT