Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने


सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ ।

“जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ,” रक्षामन्त्री रिचर्ड मार्लेसले बताए ।

देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारीसाधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ । दुई करोड ६० लाख जनसंख्या रहेको देशले उक्त सामाग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तिका लागि संघर्ष गरिरहेको छ।

अष्ट्रेलिया रक्षाबलमा आजका दिनमा लगभग ९० हजार कर्मचारीहरूमा रहेको अष्ट्रेलिया स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ । रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतिहरूको सामना गर्न अष्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेको बताए । रासस / एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव

सिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दै

सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेट

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन्

अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

सिड्नी । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’को अनुसन्धानले

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

Techie IT