अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् ।
अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो । सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको छ ।
जोखिमका हिसाबले तेस्रो तहको आँधीका रूपमा वर्गीकरण गरिएको यो मौसमी विपत्तिका कारण उक्त क्षेत्रमा १७० देखि २०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलेको मौसम विज्ञान विभागले जनाएको छ ।
खराब मौसमले गर्दा सोमबार प्रभावित क्षेत्रबाट नागरिकलाई खाली गर्ने काममा कठिनाइ भएको विपद् व्यवस्थापनमामिला मन्त्री मुरे वाटले जानकारी दिए । थप जनशक्ति तैनाथ गरी प्रभावित क्षेत्रमा आज उद्धारकार्य जारी राखिने उनको भनाई छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही
सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को
काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त
एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन
काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा