रफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउने
काठमाडौँ । स्पेनिस रफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउने भएका छन् । ब्रिसबेनमा भएको प्रतियोगिता दौरान घाइते भएपछि उनले प्रतियोगिता गुमाउने भएको हो ।
उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका हुन् । उनले भनेका छन्ः ‘ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो । जब म मेलबर्न पुगेँ मैले एमआरआई गराए र एक मांसपेशीमा अलिकति चोट लागेको थियो । अब म पाँच सेट खेल्न असमर्थ भएको छु । म अब मेरो डाक्टरलाई भेट्न, उपचार र आराम गर्न स्पेन फर्कदैछु ।’
नाडालले खेलमा फर्कन वर्षभर कडा मेहनत गरेको बताउदै तीन महिनामा उत्कृष्ट फर्ममा रहने लक्ष्य राखेको समेत बताएका छन् । उनले मेलबर्नको अद्भुत दर्शकका अगाडी खेल्न नसकेकोमा दुख व्यक्त समेत गरेका छन् ।
गत वर्षको सुरुमा राफेल नाडाललाई पनि मांसपेशीमा चोट लागेको थियो जसका कारण उनले लामो समय कोर्टबाट बाहिर बस्नुपरेको थियो । नाडालले २००९ र २०२२ मा अस्ट्रेलियन ओपन जितेका थिए । उनले अहिलेसम्म २२ ग्राण्ड स्लाम जितेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष