Techie IT
२०८१ माघ २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaडा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित

डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित


सिड्नी। अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक, डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन्।

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे।

स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याएका डा. अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन्।

स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, OLED खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिष्ठान अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा मुख्य योगदान रहेको छ।

दाङको देउखुरी मुसुरियाका डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्। डा. अधिकारीका २६ ओटा पेटेन्टहरु दर्ता छन्। एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ।

उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सन् १९९७ मा सीप, ज्ञान तथा नव प्रवर्तन (SKI) कमिटि गठन गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउ

एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा

Techie IT