Techie IT
२०८२ वैशाख ३, बुधबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा सुगम पोखरेलले दर्शकलाई माइकले झट्टी हाने

अष्ट्रेलियामा सुगम पोखरेलले दर्शकलाई माइकले झट्टी हाने


सिड्नी। सांगीतक कार्यक्रमको लागि अष्ट्रेलिया आइपुगेका चर्चित गायक सुगम पोखेलले एक कार्यक्रममा दर्शकलाई माइकले झट्टी हानेका छन्। एडिलेटमा भएको कार्यक्रममा गायक पोखरेल रक्सीले मातेर दर्शकलाई माइकले झट्टी हानेका हुन्।

सार्वजनिक भए भिडियोमा रक्सीले मातेका पोखरेलको बोली नै लरबरिएको छ। स्टेजमा रहेका पोखरेलले उनले आफ्नो चर्चित गीत ‘झिल्के’ गाउँ न त त भनेका छन्। उनको आग्रहपछि दर्शकहरुले ‘झिल्के‘ झिल्के’ भनेका छन्। सोही बखतमा उनले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् र मौनधारणको लागि आग्रह गर्छन्। दर्शकहरुले मौनधारणको समयमा नि हल्ला गरेपछि उनले ‘बइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल’ भन्ने गीत गाउँछन्। तर, दर्शकहरुले हल्ला नै गरेपछि उनी थप उत्तेजित हुन्छन्।

त्यसपछि उनले भनेका छन्, ‘ए भाइ, तिमीलाई मा’ कसम झट्टी हान्छु‘ यो भाइलाई बोला त ओइ‘ यो तालुवाला भाइलाई’ यति भनेपछि उनी स्टेजबाट तल झरेर दर्शकमाथि जाइलाग्छन्। स्वयंसेवकले रोक्दा–रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन्।

उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ। फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछन्। त्यसपछि भने उनलाई स्टेजबाट निकालिएको छ।

सो घटनापछि गायक पोखरेलको चौतर्फी आलोचना भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

Techie IT