Techie IT
२०८१ माघ २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ हुँदै

अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ हुँदै


सिड्नी। नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन्।

जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरू नबन सोझो, बोल माया, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका सपुतलाई याक एण्ड यति इभेन्ट र यात्री इन्टरटेनमेन्टको संयुक्त रुपमा ल्याउन लागेको याक एण्ड यति ईभेण्टका सञ्चालक आशिष भण्डारीले जानकारी गराएका छन्।

नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक तथा नायक प्रकाश सपुतको साथमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईं र गायक कुमा सागरको समेत प्रस्तुति रहने यात्री इन्टरटेनमेन्टका रबिन थापाले बताए।

कार्यक्रम १०५ भिक्टोरिया रोड मेरिक्भिल एनएसडब्लु सिड्नी अष्ट्रेलियामा साँझ ७ बजे देखि ११ बजे सम्म हुने आयोजकले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउ

एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा

Techie IT