Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअस्ट्रेलियाको यती एफसीको नेतृत्वमा कर्ण राना चयन

अस्ट्रेलियाको यती एफसीको नेतृत्वमा कर्ण राना चयन


काठमाडौँ। अस्ट्रेलियाको मेलबर्नस्थित नेपाली समुदायले खोलेको फुटबल क्लब यती एफसीको अध्यक्षमा कर्ण राना निर्विरोध चयन भएका छन्।

मेलबर्नस्थित काठमाडौँ ब्यान्क्वोटमा आइतबार भएको निर्वाचनबाट नयाँ कार्यसमितिको नेतृत्वमा राना आएका हुन्। क्लबको संस्थापममध्येका एक रानाले अब आगामी दुई वर्ष क्लबको नेतृत्व हाक्ने छन्।

क्लबको उपाध्यक्षमा सज्जन शर्मा, अनमिका राई गुरुङ, कोषाध्यक्षमा विपष्ना लामा, सचिवमा रुक्शन राई र उपसचिवमा भरत राना चयन भए। यस्तै, सदस्यहरूमा इन्द्र गुरुङ, विशन गुरुङ, सुरुची श्रेष्ठ, लक्ष्मी गुरुङ र मोनिका महर्जन चयन हुँदा राज शर्मा आईपीपी र बम गुरुङ बोर्ड अध्यक्ष चुनिए।

अस्ट्रेलियाको मेलबर्नमा अवस्थित फुटबल र सामाजिक कार्यमा काम गर्दै आइरहेको यती एफसी हाल सामुदायिक फुटबल ‘सन्डे फुटबल’ खेलिरहेको छ। सन् २००१ मा स्थापना भएको यती एफसीसँग सन् २०१५ मा अस्ट्रेलियाको घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो मानिने ‘स्टेट फाइभ लिग’ खेलिसकेको छ।

अस्ट्रेलियाको लिग संरचनामा प्रवेश गर्न प्रयासरत यती एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका अन्तराष्ट्रिय खेलाडी तथा नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीहरूलाई अनुबन्ध गर्दै फुटबललाई अगाडि बढाइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

Techie IT