Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलश्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तानमा नियुक्त

श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तानमा नियुक्त


काठमाडौँ। मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन्। सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो।

श्रेष्ठ त्रिभुवन आर्मी क्लबका स्पाइकर हुन्। सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन्।

नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए।

भलिबल संघले आर्मीका सेटर हरिहजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलको ट्रफी अनावरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

Techie IT