Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपुनः रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’

पुनः रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’


काठमाडौँ। १८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो।

छोटा भिडियोको लागि रुचिकर बनेको सञ्जाल टिकटकले यो गीतलाई पुनरुज्जीवन दिलायो। यो गीत भाईरल भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन्।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनःरेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ। गीतको एरेन्ज पनि पुनः गरिएको छ। पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन्। गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन्। विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा गायक–गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो। यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो। गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ।

कार्यक्रममा बोल्दै गायक कार्कीले बर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए। उनले १८ बर्ष पहिले नै आफुले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए। गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे। गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताईन्।

निर्देशक आचार्यले कर्तव्य चलचित्रको समयमा पनि आफुले यो गीतको प्रचार–प्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए। भिडियोका सह(निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन्। उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन्। प्रोडक्शन डिजाईन दिपेन गौतम माईकलले गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT