काठमाडौँ। एसीसी इमर्जिङ टीम्स् कप अन्तर्गत दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध ब्याटिङ गर्दैछ।
श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदशा रङ्गशालामा नेपाल र भारत ‘ए’ को प्रतिस्पर्धा हुँदै छ। नेपालले टस जितेर ब्याटिङ रोजेको हो।
भारतविरुद्ध रोहित पौडेलको नेतृत्वमा सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, गुल्सन झा, देव खनाल, किशोर महतो र पवन सर्राफ खेल्दै छन्।
यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो। नेपाल रहेको समूह ‘बी’ मा भारत, पाकिस्तान र यूएई छन्।