गृहपृष्ठ ∕
नेपाल ∕
लुम्बिनीका पूर्वमन्त्री तथा एमाले नेता विजय यादव पक्राउ लुम्बिनीका पूर्वमन्त्री तथा एमाले नेता विजय यादव पक्राउ
बुटवल। लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन्। बैंकिङ कसूर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो।
बैंकिङ कसूर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे।
नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो। पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा
एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि