एजेन्सी । पाकिस्तानमा जारी राजनीतिक उथलपुथल तत्कालका लागि रोकिने छनक देखिएको छैन ।
पूर्वप्रधानमन्त्री इमरान खान लगातार सरकारमाथि आक्रोश पोख्दै आइरहेका छन् ।
शाहबाज सरकारले उनलाई एकपछि अर्को ठूलो झटका दिइरहेको छ ।
यसैबीच पाकिस्तानको शाहबाज सरकारले पूर्वप्रधानमन्त्रीको पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यो खुलासा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने, देशमा गहिरो राजनीतिक संकटको बीचमा सरकारले इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) लाई प्रतिबन्ध लगाउने विचार गरिरहेको छ।
इमरान खानको पार्टीले देशभर हिंसात्मक प्रदर्शन गरेपछि यो निर्णय लागेको बताइएको हो ।