Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियविवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह


एजेन्सी । चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग शुक्रबार भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन् ।

एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गर्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहनुभएका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शङ्का गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

चीन र भारतको साझा हित आपसी मतभिन्नता भन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई आह्वान नेता वाङले आग्रह गर्नुभएको चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

भारत र चीनबीचको सम्बन्ध हालैका महिनामा सीमानालाई लिएर बिग्रिएको छ । भिसा विवादमा दुई पक्षले एकअर्काका लगभग सबै पत्रकारहरूलाई निष्कासन गरेका छन् । भारत र उसको उत्तरी भाग लद्दाख क्षेत्रको सीमाङ्कन स्पष्ट नहुँदा सैन्य झडप र अवरोध हुँदै आएको छ । दुवै देश ‘सकेसम्म चाँडो’ सीमा विवाद सैन्य कमाण्डर तहको अर्को चरणको वार्ता गर्न सहमत भएका मन्त्रालयको विज्ञप्तिमा भनिएको छ

बेइजिङले भारतको अरुणाचल प्रदेशलाई पनि तिब्बतको भूभाग भएको दाबी गर्दै आएको छभने कश्मीरलाई विवादित क्षेत्र मानेको छ । दुवै मुलुकबीचको चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक

ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ

जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने

Techie IT