Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेको छ’

‘नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेको छ’


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन् । एमालेको काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे ।

एमालेले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार आज काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पारे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित थियो । एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र महानगर–१३ का वडाध्यक्ष ध्रुर्वनारायण मानन्धरले विरुवा रोप्ने काम सबैको जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT