गृहपृष्ठ ∕ अर्थ ∕ राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारितराष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित नेपालीपत्र शुक्रबार, २०८० असार २९ गते, १३:४० मा प्रकाशित अर्थ काठमाडौँ। राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए। सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उनीहरुले दिएका थिए। उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो।राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ। #राष्ट्रिय सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डलरको भाउ अहिलेसम्मकै उच्चकाठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) सुनको मूल्य तोलामा एक हजारले बढ्योकाठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋणकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्सकाठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल ३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल चिया निर्यात ६९ प्रतिशतले बढ्योझापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।धेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ७ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ताThe Film Nepal