Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनस्टुडियोको लागि जग्गा प्राप्त हुनु सबै चलचित्रकर्मीको सफलता होः अध्यक्ष केसी

स्टुडियोको लागि जग्गा प्राप्त हुनु सबै चलचित्रकर्मीको सफलता होः अध्यक्ष केसी


काठमाडौँ। नेपाल सरकारले चलचित्र छायाङकनका लागि इन्डोर स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्डलाई काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ को जग्गा प्रयोग गर्न स्विकृती दिने निर्णय गरेको छ।

यो निर्णयपछि चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले सबै नेपाली चलचित्रकर्मीले सफलता प्राप्त गरेको बताएका छन्।

केसीले भनेका छन्, ‘आज म निकै खुसी छु। नेपाली चलचित्र क्षेत्रले नयाँ फड्को मार्नसक्ने योजनामा चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आएको पहिलो दिनदेखि इन्डोर छायाङ्कन स्टुडियोको लागि जुन मेहनत गरेँ, त्यसबाट आज हामी सबै चलचित्रकर्मीले सफलता प्राप्त गरेका छौँ भन्ने मैले महशुस गरेको छु।’ उनले आफ्नो कार्यकालको एक प्रमुख कामको रुपमा अत्याधुनिक स्टुडियो निर्माणको सो जग्गामा भ्रमण गरी र वन मन्त्रालयसहित सम्बन्धित विभिन्न निकायहरूसँग कयौँ पटक छलफल गरेको बताए।

‘नेपालको राष्ट्रिय चलचित्र उद्योगको हितको लागि नेपाल सरकारले गरेको यो निर्णयको हामी चलचित्रकर्मीले हार्दिक स्वागत गर्दछौँ। हामीले हाम्रो नेपाली चलचित्रको वृद्धि विकाससँगै पुरा नेपाललाई नै अन्तराष्ट्रिय चलचित्रहरुको लागि समेत खुला स्टुडियोको रुपमा प्रचारप्रसार गरिरहेका छौँ’, केसीले भने, ‘आगामी दिनमा पनि सरकारले यसैगरी नेपाली चलचित्रलाई सघाउँदै जानेछ भन्ने विश्वास लिएको छु। यो निर्णयको भागिदार नेपाल सरकारका सम्पूर्ण निकायहरुप्रति कृतज्ञता व्यक्त गर्दछु।’

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराएका थिइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT