एजेन्सी । यस्तो समयमा एसिड बढाउने खाना झन् खानु हुँदैन । यसले डाइजेशनसँग सम्बन्धित समस्याहरु बढाउने गर्छ । यसले कब्जियतको समस्या पनि बनाउन सक्छ । यस कारण खाली पेटमा यी १० खानाहरु कहिल्यै पनि खानु हुँदैन ।
१. केरामा म्यागनिसियम ज्यादा हुन्छ । यसलाई खाली पेटमा खानाले शरिरमा क्यालशियम र म्यागनिसियममा सन्तुलन बिग्रन्छ ।
यसले छातीमा जलन हुने र पाचनमा समेत खराब असर पार्ने गर्छ ।
२. सुन्तलामा अर्गानिक एसिड हुन्छ । खाली पेटमा त्यसै पनि एसिड ज्यादा हुन्छ । यदी यस्तो अवस्थामा खानु भयो भने एसिडको मात्रा बढ्छ ।
सुन्तला खानाले पेट र छातीमा जलन हुन्छ । स्टोन समस्या पनि हुनसक्छ ।
३. शंख्खरखण्ड
यसमा टेनिन र पेक्टिन हुन्छ जसका कारण खाली पेटमा पाचन हुन सक्दैन ।
डाइजेशन हुनसक्दैन । छातीमा जलन हुने सम्भावना पति उत्तिकै हुन्छ ।
४. दुध
यसमा स्याचुरेट फ्याट र प्रोटिन पेटको मांसपेशीलाई कमजोर बनाउने काम गर्छ । पाचनप्रणाली कमजोर बनाउनुका साथै कफ हुने आशंका
पनि उत्तिकै रहन्छ ।
५. टमाटर
खाली पेटमा टामाटर पनि खानु हुँदैन । खाली पेटमा टमाटर खाँदा यसमा रहेको एसिडले पेटमा अघुलनशिल जेल पैदा गर्छ ।
यसका कारण स्टोन प्रोबोल्म हुने गर्छ ।
६. ग्रीन टी
यसमा कफिनका कारण एसिडको लेभल बढ्न जान्छ । यसका कारण एसिडिटी र डाइजेशनमा असर पार्ने काम गर्छ ।
७. चिनी
खाली पेटमा चिनी पनि खानु हुँदैन । यसले ब्लड सुगर लेभल बढाउने काम गर्छ ।
एकहदसम्म यसले इनर्जी दिने काम गर्छ । ज्यादा हुनाले थकान महसुस समेत गराउँछ ।
८. सफ्ट ड्रिक्स
यसमा कार्बोनेट एसिडकोमात्रा अधिक हुन्छ । यसले एसिडको लेभल बढाउने काम गर्छ ।
९. चिया
चिया पनि खाली पेटमा नखानुहोस् । यसले शरिरमा एसिडको लेभल बढ्छ । यसले शरिरमा जलन हुन्छ भने अल्सर पनि हुने सम्भावना बढी
हुन्छ ।
१०. तरभुजा
यसमा भिटामिन,आइरन, म्यागनिसियम र पोटासियमको मात्रा अधिक हुन्छ ।
यसका कारण एसिडिटी हुने र डाइजेशनमा पनि समस्या देखिनसक्छ ।