Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित


काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन् । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उनी ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएको उनको सचिवालयले जनाएको छ ।

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराएका थिए । उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य नेता निधि सम्मानित भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । “विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ”, नेता निधिले भने, “भारतको स्वतन्त्रता आन्दोलनमा पनि बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायतका नेताहरूले सहयोग गर्नुभएको थियो, जेलनेल जानु भएको थियो ।”

उनले नेपाल–भारतबीच वर्षौँदेखिको सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने उल्लेख गर्नुभयो । “नेपाल र भारत बीचको सम्बन्ध वर्षौँ पुरानो हो । दुवै देशबीच सांस्कृति, राजनीतिक लगायतको सम्बन्ध रहेको छ । आगामी दिनमा पनि कायम रहनेछ”, उनले भने । दुवै देशको विकास र समृद्धिका लागि परस्पर सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । “आपसी सहयोग दुवै देशको विकास र समृद्धिका लागि आवश्यक छ”, नेता निधिले भने, “दुवै देशबीच पारस्परिक सहयोग जरुरी छ ।”

कार्यक्रममा राज्यसभाका उपसभापति हरिवंश, भारत सरकारका मन्त्री अनुराग ठाकुर, राज्यसभाका पूर्वसदस्य एवं भारतीय जनता पार्टीका नेता प्रभात झा, पूर्वमन्त्री सिपी ठाकुर, बलिउडका गायक कुमार सानु, गायिका अनुराधा पौडवाल, अभिनेता शेखर सुमन लगायतको उपस्थिति थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT