Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी


एजेन्सी । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ ।

संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधिलाई तीव्र पारेको’ उत्तर कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताएका छन्।

अमेरिकी जासूसी विमानहरूले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडानहरू गरेका छन् ।  एउटा जासुस विमानले पूर्वी सागरमा उत्तर कोरियाको हवाई क्षेत्रमा ‘धेरै पटक’ घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् ।

“अमेरिकी वायु सेनाको रणनीतिक जासुस विमान खसाल्ने जस्तो डरलाग्दो दुर्घटना कोरियाको पूर्वी सागरमा हुने छैन भन्ने कुनै ग्यारेन्टी छैन,” प्रवक्ताले कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहरूको हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए ।

वक्तव्यमा कोरियाली प्रायद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई उत्तर कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ’ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।

“अमेरिकी उत्तेजक सैन्य कारबाहीका कारण कोरियाली प्रायद्वीपको अवस्था आणविक द्वन्द्वको संघारमा पुगेको वर्तमान अवस्थाले स्पष्ट रुपमा प्रमाणित गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

वासिङ्टनले गत अप्रिलमा दक्षिण कोरियाको बन्दरगाहमा दशकौंपछि पहिलो पटक भ्रमण गर्न आणविक हतियारले सुसज्जित ब्यालेस्टिक पनडुब्बी पठाउने घोषणा गरेको थियो ।

उत्तर कोरियाले यस वर्ष आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने र मे महिनामा सैन्य जासुसी उपग्रहलाई कक्षमा स्थापित गर्ने प्रयाससहित धेरै प्रतिबन्धहरू तोड्ने प्रक्षेपणहरू गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले वासिङ्टनसँग प्रतिरक्षा सहकार्यलाई बढावा दिएका छन् र उन्नत स्टील्थ जेट र उच्च प्रोफाईल अमेरिकी रणनीतिक सम्पत्तिको साथ संयुक्त सैन्य अभ्यासको आयोजना गरेका छन् ।

उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र खतराबारे नेटो सदस्य राष्ट्रसँग बलियो सहकार्यको माग गर्दै युन यसै साता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने उहाँको कार्यालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT