Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘शीर्ष तहको सहमतिबाट एमाले पछि हट्यो’

‘शीर्ष तहको सहमतिबाट एमाले पछि हट्यो’


काठमाडौँ। नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरुले शीर्ष तहको सहमतिबाट नेकपा एमाले पछि हटेको आरोप लगाएका छन्। आइतबार भएको प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा संसद सुचारु गर्ने सहमति भए पनि सो सहमतिबाट एमाले पछि हटेको आरोप लगाएका हुन्।

सहमति अनुसार एमालेले संसदमा आफ्ना कुरा राख्ने र प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने सहमति भएको थियो। तर, उक्त सहमतिबाट एमाले पछि हटेपछि आजको बैठक स्थगित भएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन्।

शीर्ष नेतृत्वबीच संसद खुलाउनेबारे सहमति भए आइतबार दिउँसो ३ बजेको लागि तय भएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी सोमबार ३ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जनाएको छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि शीर्ष तहको सहमतिबाट एमाले पछि हटेपछि बैठक स्थगित भएको प्रतिक्रिया दिए।

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि शीर्ष तहमा छलफलपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन खुलाउने भने पनि फेरि कुरा नमिलेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT