Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू


काठमाडौँ । काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गरेको महोत्सव यही असार २५ गतेसम्म चल्नेछ ।

“नेपाललाई अफ्रिकन मुलुकमा र अफ्रिकालाई नेपालमा चिनाउन यो महोत्सव उपयोगी हुने विश्वास छ, कला र संस्कृतिको आदानप्रदानसँगै यस्ता महोत्सवले एकअर्काको चलचित्र हेरेर सिक्ने अवसरसमेत दिन्छ”, अध्यक्ष केसीले भने, “यस्ता कार्यक्रम र गतिविधिमा बोर्ड सदैव सहयोगी भूमिका निर्वाह गर्न तत्पर छ, हामीले विश्वको चलचित्र हेरेर आफूलाई अझै परिस्कृति गर्नु जरुरी छ ।”

महोत्सवमा १० अफ्रिकी र नेपालका १२ सहित कूल २२ चलचित्र सहभागी छन् । उद्घाटनसँगै जर्मनी चलचित्र ‘वाटु वाटो’ प्रदर्शन गरियो । यसका साथै पहिलो दिन शनिबार रोशनकुमार श्रेष्ठको चलचित्र ‘भाग्य’, परिच्छेद सेनको चलचित्र ‘प्रेमगञ्ज’, सुमन दाहालको चलचित्र ‘परिवार’ र अफ्रिकन वृत्तचित्र ‘कलिङ अफ डेड’ प्रदर्शन गरियो ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिए ।

उनले भने, “दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ ।” महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ विषयमा अन्तक्र्रियासमेत हुने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT