गृहपृष्ठ ∕
राजनीति ∕
नक्कली शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग नक्कली शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले सो माग गरेका हुन्।
नक्कली शरणार्थी प्रकरणमा सबै राजनीतिक दलका नेता मुछिएकाले छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्ने बताएका हुन्। ‘जसजसको नाम आएको छ उनीहरूको निष्पक्ष छानबिनका लागि विशेष समिति बनाउनुपर्छ। विश्वासको वातावरण बन्द भएको छ। जुनजुन निकायहरू यसमा लागिपरेका छन्। कसैको पनि विश्वास गर्ने वातावरण छैन। जसजसको नाम आएको छ तिनलाई छानबिनको दायरमा ल्याउन नहुने, सोधपुछ पनि गर्न नहुने गरी किन डराएको हो,’ लामिछानेले भने।
यस प्रकरणको छानबिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउने बताएको भएपनि अहिले नाम मुछिएकाहरूसँग सोधपुछ गर्न समेत डराएको आरोप लामिछानेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४
एजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन
काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्