एलओडीका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौ। ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले जिल्ला अदालत ललितपुरबाट उनीहरुविरुद्ध पक्राउ गर्ने अनुमति लिएको हो।
एक १६ वर्षीया बालिका बलात्कारको घटनामा अनुसन्धान गर्न क्लबका सञ्चालकद्वय रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
नाबालिगलाई क्लबमा प्रवेश दिएको बारेमा अनुसन्धान गर्न एलओडीका दुई सञ्चालकविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको ललितपुर प्रहरीले जनाएको छ।
जेठ ३० गते ती बालिका एलओडी गएकी थिइन्। आफूलाई एलओडीबाट ललितपुर लगी बलात्कार गरिएको भन्दै उनले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीका आधारमा प्रहरीले बलात्कारको आरोपमा पोखरा घर भई ललितपुरको बागडोलमा बस्दै आएका सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ।
प्रहरीसँगको बयानमा ५० वर्षीय कोइरालाले पीडित बालिका नाबालिग नभएको जिकिर गरेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी