गृहपृष्ठ ∕
राजनीति ∕
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी एमालेले संसदीय दल बैठक बोलाएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको हो ।
एमाले सचेतक महेश बर्तौलाका अनुसार आज (बुधबार) दिउँसो १ः३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेको संसदीय दल बैठक ल्होत्से हलमा बस्दैछ ।
सचेतक बर्तौलाले भने – ‘प्रधानमन्त्रीको असमान्य अभिव्यक्तिले संसदमाथि अपमान भयो । नेपालको संविधान, मुलुकको सार्वभौमता र माथि अपमान गर्नुभयो । यसलाई एमालेले सामान्य ढंगले लिएको छैन । यसबारे एमालेले गंभीरताका साथ अगाडि बढाउँछ ।’
भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग