Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थबिग मार्टमा स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट


काठमाडौँ। बिग मार्टमा सामान खरिद गरेबापतको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्ने ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन्।

बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर र बिग मार्टबीच छुट अफरसम्बन्धी सम्झौता गरेको हो।

सम्झौता अनुसार बिगमार्टमा कुनै पनि सामान खरिद गरेबापतको भुक्तानी स्मार्ट क्यूआर मार्फत् गर्ने ग्राहकले १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्ने छन्।

यो योजना १६ असारदेखि १५ साउन २०८० सम्म लागू हुनेछ भने छुट अवधिभर हरेक ग्राहकले ५०० रुपैयाँसम्म छुट लिन सक्ने छन्।

स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मोबाइक बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यान क्यास साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

Techie IT