Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप क्वालिफायरको प्लेअफमा युएईको सामना गर्दै नेपाल

विश्वकप क्वालिफायरको प्लेअफमा युएईको सामना गर्दै नेपाल


काठमाडौँ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपाल र युएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपालले ८ पटक खेल जित्दा युएईले ६ पटक खेल जितेको छ ।

यस खेलको विजेताले सातौँ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो ।

प्लेअफको फाइनल जित्ने देश सातौँ स्थानमा हुने छ भने पराजित हुने टिम आठौँ स्थानमा रहने छ । सेमिफाइनलमा पराजित दुई देशले नवौँ र दशौँ स्थानका लागि खेल्ने छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT