एजेन्सी । फ्रान्समा विगत केही दिनदेखि जारी हिंसा रोकिने नाम लिइरहेको छैन । पेरिसलगायत धेरै सहरमा स्थिति अनियन्त्रित बनेको छ । हजारौं आन्दोलनकारी सडकमा उत्रिएका छन् ।
धेरै भवनमा आगो लागेको छ । सवारी साधन जलाइएका छन् ।
यो अवस्था पेरिसमा मात्रै होइन त्यहाँबाट सयौं किलोमिटर टाढाका सहरहरूमा पनि छ ।
हालसम्म ८०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
देशमा आपतकाल जस्तो अवस्था रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्थितिमा सुधार भएन भने संकटकाल घोषणा गर्ने तयारीमा सरकार रहेको बताइएको छ ।
फ्रान्सको अवस्था सन् २००५ को दंगाभन्दा पनि खराब हुन सक्ने बताइएको छ ।
१७ वर्षीय युवकको मृत्युपछि सिंगो देश हिंसाको आगोमा जलिरहेको छ ।
जताततै भयको वातावरण छ ।
फ्रान्समा जताततै विरोध, क्रोध, हिंसा र आगजनी भइरहेको छ। सामाजिक सञ्जाल चरम कोलाहल र कोलाहलका तस्बिरहरूले भरिएको छ।