Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिआफूलाई विश्वासको मत दिन कोशी प्रदेशका मुख्यमन्त्रीको आग्रह

आफूलाई विश्वासको मत दिन कोशी प्रदेशका मुख्यमन्त्रीको आग्रह


काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन राजनीतिक दललाई आग्रह गरेका हुन्।

विश्वासको मत लिनुअघि शुक्रबारको प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गरेका हुन्।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रदेशसभाको बैठक बसेको हो। मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो। शुक्रबारको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्।

मुख्यमन्त्री कार्कीको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ। कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो। सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत निुपर्ने अवस्था आएको हो।

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ।

कार्कीलेलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT