गृहपृष्ठ ∕ नेपाल ∕ एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपणएमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण नेपाली पत्र बिहीबार, २०८० असार १४ गते, ११:२८ मा प्रकाशित नेपाल काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन् ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले बरको बिरुवा रोपेका हुन् । अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र माववबीच अन्योन्याश्रिक सम्बन्ध रहेको बताए ।एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो । एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । #एमाले अध्यक्ष ओलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्नेकाठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक मुगुमा ४.४ रेक्टर स्केलको भूकम्पकाठमाडौं । शुक्रबार (आज) बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्तकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवालीकाठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेरधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल ३ आज ‘तमु ल्होसार ल्होछार’ मनाइँदै ४ तमु ल्होसार-ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : कांग्रेस नेता कोइराला ५ सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन ६ कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक ७ तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मकThe Film Nepal