गृहपृष्ठ ∕
नेपाल ∕
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको म्याद थपिँदै ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको म्याद थपिँदै
काठमाडौँ। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र व्यवसायी मीनबहादुर गुरुङलगायतलाई प्रहरीले जिल्ला अदालत काठमाडौँ लगेको छ। मंगलबार उनीहरुलाई पक्रेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिरासतमा राख्ने अनुमति लिन अदालतमा पेश गरेको हो।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा छन्।
यसमा संलग्न अरुमाथि निगरानी रहेको सीआईबीले जनाएको छ। २०४७ पछिको चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ। मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेमा हदम्यादको व्यवस्था नभएको भन्दै सीआईबीले कीर्ते मुद्दामा ललिता निवास प्रकरणको फाइल खोलेको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी