Techie IT
२०८१ चैत्र २५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेका छन्ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेका छन्ः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेको बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताएका हुन्।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको लागि विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रलाई छायामा पार्ने गरी देखिएका विकृतिविरुद्ध सुशासनको पक्षमा लड्ने भन्दै प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताए।

‘संसद् र आम जनसमुदायलाई यहि रोस्ट्रमबाट विश्वास दिलाउन चाहन्छु यो शुद्धीकरण यत्तिमै रोकिनेछैन। निरन्तर अगाडि बढ्नेछ। हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्त पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ,’ प्रधानमन्त्रीले भने।

सरकार विकृतिविरुद्धको लडाइमा लागेको बताउँदै त्यसका लागि कुनै पनि मूल्य चुकाउन आफू तयार रहेको बताए। सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाई छ।

उनले सुशासनको पक्षमा लड्दा संसद् र जनताको साथ रहने विश्वास व्यक्त गरेका थिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT