गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानमा ६ जना सुरक्षाकर्मी मारिएपाकिस्तानमा ६ जना सुरक्षाकर्मी मारिए नेपाली पत्र मंगलबार, २०८० जेठ ९ गते, १५:५७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् ।प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् । आज बिहान दुई दर्जनभन्दा बढी सशस्त्र आतङ्कारीले गरेको आक्रमणको प्रतिकारमा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी अधिकृत आसिफ बहादुरले बताएका छन् ।दुई घण्टाभन्दा बढी समय दाहोरो भिडन्तपछि आतङ्कारी भागेका तथा उक्त स्थलको स्थिति अहिले नियन्त्रणमा रहेको जानकारी दिँदै उनले इन्धन उत्खनन केन्द्रलाई पर्याप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समयमै सुरक्षाफौज सहायताका निम्ति आएकाले ठूलो मानवीय क्षति नभएको बताइएको छ ।पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको कम्पनीले इन्धनका निम्ति उत्खनन गरिरहेको छ । उक्त हमलाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । #आतङ्कवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमतकाठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगितलिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेएजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौताकाठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र चिनले लागु गर्यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीतिएजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागूधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ७ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्नेThe Film Nepal