Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनजब उनी जन्मे तब उनका बुबाले उनलाई अपनाउन अस्वीकार गरे, पछि बने बलिउडको सबैभन्दा चर्चित अभिनेता !

जब उनी जन्मे तब उनका बुबाले उनलाई अपनाउन अस्वीकार गरे, पछि बने बलिउडको सबैभन्दा चर्चित अभिनेता !


एजेन्सी । सामाजिक सञ्जाल यस्तो ठाउँ हो, जहाँ हरेक दिन धेरै कुरा भाइरल हुन्छन्। जसमध्ये एउटा बलिउड सेलिब्रेटीको बाल्यकालको तस्विर हो, जसलाई मानिसहरुले निकै मन पराउँछन् ।

यी बालकलाई आजको समयमा बलिउडको सबैभन्दा ठूलो मनोरन्जनकर्ता भनिन्छ ।

तस्बिरमा देखिएका यो बालकलाई जन्मदा बाबुले अपनाउन मानेका थिएनन् ।

यी बच्चा अरु कोहि नभए सुपरस्टार गोविन्द हुन् जसलाई चिची पनि भनिन्छ ।

गोविन्दाको बारेमा भनिन्छ, ‘जब उनी जन्मेका थिए, उनका पिताले उनलाई अपनाउन मानेका थिएनन् ।’

जब उनी आमाको गर्भमा थिए, उनकी आमा साध्वी बनेकी थिइन्, र जब उनी जन्मिए, उनको बुबाले उनलाई अपनाउन अस्वीकार गरेका थिए ।

गोविन्दाले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो कारणले नै आमा अलग भई साध्वी बनेको महसुस भयो। केही समयपछि जब मानिसहरूले मेरो बारेमा भने, कति राम्रो छोरो, कति राम्रो तब बुबाले मलाई बोलाउन थाल्नुभयो । माया गर्न थाल्नुभयो ।’

जबकि गोविन्दा आफ्नी आमालाई धेरै माया गर्थे। आमालाई देवी सरह पुजा गर्थे । गोविन्दाले आफ्नी आमाको खुट्टा धुने र पानी पिउने गरेको धेरै पटक बताएका छन् । गोविन्दाको कुरा गर्दा उनी ९० को दशकका सबैभन्दा चर्चित नायक हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT