एजेन्सी । प्रभास, सैफ अली खान र कृति सेनन स्टारर ‘आदिपुरुष’ रिलिज भएको एक साताभन्दा बढी भइसकेको छ । फिल्म अझै पनि विवादमा छ । सामाजिक सञ्जालमा फिल्मलाई लिएर ट्रोलिङ भइरहेको छ ।
यस फिल्मलाई लिएर धेरै बलिउड सेलेब्सले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । यसको असर फिल्मको व्यापारमा परेको छ । फिल्म हलमा टिकाइराख्न निर्माताहरुले सक्दो प्रयास गरिरहेका छन् ।
अब यस्तो अवस्थामा निर्माताले अर्को ठूलो निर्णय लिएका छन् ।
फिल्मको टिकटको मूल्य लगातार दोस्रो पटक घटाइएको छ ।
निर्माताहरूले फिल्मका केही डाइलगहरु परिवर्तन पनि गरे तर खासै प्रभाव देखिएन ।
अब निर्माण पक्षले फिल्मको टिकटको मूल्य पनि घटाएको छ ।
यसअघि टिकटको मूल्य १ सय ५० रुपैयाँ रहेकोमा अहिले ११२ रुपैयाँ बनाइएको छ ।