Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘नीरफूल’को रिलिकल भिडियो सार्वजनिक

‘नीरफूल’को रिलिकल भिडियो सार्वजनिक


काठमाडौँ। आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ।

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ।

२०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन्। सेलो संगीत आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसी खुशी रमिरहेको देखिन्छ। साथै फ्यामिलि मिसिङको दुःखलाई पनि भिडियोमा समेटिएको छ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन्। पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भुकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दावी गरेका छन्। ‘कन्टेन्ट प्रधान’ फिल्म भएकोले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको दावी छ।

धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्। सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ। सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…

काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२

विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

काठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका

आज देखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा

मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्ता

काठमाडौँ । मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा बस्नेत मंगलबार नेपाल फर्केकी छन् । थाइल्याण्डमा भएको मिस हेरिटेज इन्टरनेशनल २०२४ को

Techie IT